चाक्सीबारी भेलाको निष्कर्ष : क्रियाशील सदस्यता सार्वजनिक गर्न पहल गर्ने

नेपालभ्युज

चाक्सीबारी भेलाको निष्कर्ष : क्रियाशील सदस्यता सार्वजनिक गर्न पहल गर्ने
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई भेटेर सबै जिल्लाका क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नका लागि पहल गर्ने भएको छ। पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल पक्षको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

नेता रमेश लेखक संयोजक रहेको कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताका सम्बन्धनमा विभिन्न जिल्लामा देखिएको विवाद टुङ्ग्याएको छ। तर, कांग्रेसको वेबसाइटमा भने ३८ जिल्लाको क्रियाशील सदस्यता विवरण मात्रै सार्वजनिक गरिएको छ।

बाँकी रहेको ३९ जिल्लाको विषयलाई लिएर वरिष्ठ नेता पौडेलले सभापति देउवालाई भेटेर क्रियाशील सदस्यतामा देखिएका व्यवहारिक समस्या समाधानका लागि पहल गर्ने भएका छन्। चाक्सीबारीमा शुक्रबार बिहान बसेको पौडेल पक्षको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

क्रियाशील सदस्यतामा केही व्यवहारिक कठिनाइ आएको भन्दै उक्त विषयमा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच यही विषयमा भेटेर छलफल हुनेछ। आजै हुने भेटमा जिल्ला सभापतिहरूको अनसनको मागहरुका विषयमा पनि कुराकानी हुने बताइएको छ।

चाक्सीबारी भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालालगायत सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved