मधुमेहका बिरामीले खान नहुने यी ६ फलफूल

नेपालभ्युज

मधुमेहका बिरामीले खान नहुने यी ६ फलफूल

काठमाडौं। फलफूलमा पानी, भिटामिन, फाइबर, एन्टिअक्सिडेन्ट र विभिन्न प्रकारका पोषक तत्वहरु पाइन्छन्। प्राकृतिकरुप पाइने गुलियोपनाले शरीरलाई कुनै पनि हानि पुर्याउँदैन। तर, जुन व्यक्तिलाई मधुमेह रोगले गाजेको छ, त्यस्ता व्यक्तिहरुले केही गुलिया फलफूलहरु खानु हुँदैन।

फलफूल मन नपराउने सायद कमै हुन्छन्। फलफूल स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर, मधुमेह भएका व्यक्तिहरुले कुन फलफूल खाने, कुन नखाने थाहा पाउन धेरै आवश्यक छ।

मधुमेह र तौल कम गर्न चाहने व्यक्तिहरुले यी छ प्रकारका फलफूलहरु खानु हुँदैन।

आँप
फलको राजा भनेर आँपलाई लिने गरिन्छ। अाँप मन नपराउने व्यक्ति सायद कमै होलान्। एक दाना आँपमा ४५ ग्रामसम्म चिनी हुने हुनाले तौल कम गर्न चाहने व्यक्तिले आँप खान उचित मानिँदैन।

अंगुर
अंगुर पनि स्वादिलो र मिठो फलमा पर्छ। मध्यम आकारको एक कप अंगूरमा २३ ग्रामसम्म चिनी हुने भएकाले मधुमेह र तौल कम गर्न चाहने व्यक्तिले दैनिक एक कप अंगुरभन्दा बढी खानु हुँदैन। अंगुरलाई फ्रिजमा राखेर स्मुदी सेक र ओटमिलका रुपमा पनि प्रयोग गरेर खान सक्छौँ।

चेरी
मध्यम आकारको एक कप चेरीमा १८ ग्रामसम्म चिनी हुन्छ। यदि, कोही मधुमेहका बिरामीले चेरी खान चाहन्छन् भने एकदमै कम मात्रामा खानुपर्ने हुन्छ। त्यसैगरी, तौल कम गर्न चाहने व्यक्तिहरुले पनि चेरी नखाएकै राम्रो हुन्छ।

नासपाती
एउटा मध्यम आकारको नासपातीमा १७ ग्रामसम्म चिनी रहेको हुन्छ। नासपाती खादा रगतमा चिनीको मात्र बढ्ने सम्भावना बढी भएकाले मधुमेहका बिरामीले नासपाती सकेसम्म नखाएकै राम्रो। खानै परे पनि थोरै खानुपर्छ।

तरबुजा
गर्मीमा सबैभन्दा बढी खाइने फलफूल मध्ये तरबुजा पनि एक हो। तरबुजामा प्रशस्त पानीको मात्रा पाइने भएकाले गर्मीयाममा बढी खाने गरिन्छ। तरबुजाले शरीरमा पानीको मात्रा र इलेक्ट्रोलाइट्सको कमीलाई पूरा गर्ने गर्दछ। एउटा तरबुजामा १७ ग्रामसम्म चिनीको मात्रा हुने भएकाले मधुमेहका बिरामीहरुले यो पनि नखाएकै राम्रो। यदि खानै पर्यो भने पनि थोरै मात्रामा खान सकिन्छ।

केरा
केरालाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ। पाकेको एक कोसा केरामा १४ ग्रामसम्म चिनी हुन्छ। हामीले केरालाई नास्ताका रुपमा पनि खान सक्छौँ भने धेरै भोक लागेको र शक्ति चाहिएको समयमा पनि खान सक्छौँ। तर, मधुमेह र तौल कम गर्न चाहने व्यक्तिहरुले भने केरा सकेसम्म नखाएकै राम्रो हुन्छ।

अम्बा
अम्बा प्रायः सबै मौसममा पाइन्छ। अम्बालाई स्वादिलो र मिठो फलका रुपमा लिने गरिन्छ। एउटा मध्यम आकारको अम्बामा ५ ग्रामसम्म चिनी र ३ ग्रामसम्म फाइबर पाइन्छ। यदि कसैलाई अत्यधिक मात्रामा फाइबर चाहिएको छ भने अम्बालाई नतासेर छाला सँगै खान सकिन्छ। त्यस्तै अम्बालाई हामीले जुस बनाएर पनि खान सक्छौं।

एभोकाडो
एभोकाडो स्वास्थ्यका हिसाबले एकदमै लाभदायक फल मानिन्छ। एभोकाडोमा १.२२ ग्रामसम्म चिनी हुन्छ। यसलाई हामी सलाद, टोस्ट र जुस बनाएर पनि खान सक्छौँ। एभोकाडोमा चिनीको मात्रा एकदमै कम हुने भएकाले जुनसुकै रोगका बिरामीले पनि खान सक्छन्। तर, मधुमेहका बिरामीले भने कम खादा राम्रो हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved