जनकपुरधाम । धनुषाको महेन्द्रनगरका दुई नाबालिका दिदीबहिनीलाई बेहोस बनाएर बलात्कार गरेको अरोपीलाई जिल्ला अदालत धनुषाले १२ वर्ष जेल सजायको फैसला सुनाएको छ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका नाबालिक दिदीबहिनीलाई बेहोस बनाएर बलात्कार गर्ने राजकुमार साहलाई जिल्ला अदालत धनुषाले १२ वर्ष जेल सजाय र पाँच लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो ।
सोमवार जिल्ला अदालतका न्यायधिश नारायण प्रसाद सुवेदीको एकल इजलासले लामो समय देखि अड्किएको यो मुद्दामा फैसला सुनाएको हो । भदौ २० मा न्यायधिश सुवेदी कै इजलासले आरोपी साहलाई कसुर ठहर भएको फैसला सुनाएको थियो भने भदौ २७ मा सजाय निर्धारणको लागि पेशी तोकिएको थियो ।
साढे तीन वर्षपछि यो मुद्दामा फैसला भएको हो । राजनीतिक संरक्षणमा अदालतले डिएनए परीक्षणको लागि मुद्दा अल्झाएर राखेको पिडित पक्षको आरोप थियो । पछि अन्य प्रमाणको आधारमा अदालतले फैसला गरेको बताइएको छ।
Facebook Comment
Comment