दिदीबहिनीलाई बेहोस बनाएर बलात्कार गरेको अभियोगमा १२ वर्षको जेल सजाय

दिदीबहिनीलाई बेहोस बनाएर बलात्कार गरेको अभियोगमा १२ वर्षको जेल सजाय

जनकपुरधाम । धनुषाको महेन्द्रनगरका दुई नाबालिका दिदीबहिनीलाई बेहोस बनाएर बलात्कार गरेको अरोपीलाई जिल्ला अदालत धनुषाले १२ वर्ष  जेल सजायको फैसला सुनाएको छ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका नाबालिक दिदीबहिनीलाई बेहोस बनाएर बलात्कार गर्ने राजकुमार साहलाई जिल्ला अदालत धनुषाले १२ वर्ष जेल सजाय र पाँच लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो ।

सोमवार जिल्ला अदालतका न्यायधिश नारायण प्रसाद सुवेदीको एकल इजलासले लामो समय देखि अड्किएको यो  मुद्दामा फैसला सुनाएको हो । भदौ २० मा न्यायधिश सुवेदी कै इजलासले आरोपी साहलाई कसुर ठहर भएको फैसला सुनाएको थियो भने भदौ २७ मा सजाय निर्धारणको लागि पेशी तोकिएको थियो ।

साढे तीन वर्षपछि यो मुद्दामा फैसला भएको हो  । राजनीतिक संरक्षणमा अदालतले डिएनए परीक्षणको लागि मुद्दा अल्झाएर राखेको पिडित पक्षको आरोप थियो  । पछि अन्य प्रमाणको आधारमा अदालतले फैसला गरेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved