कबड्डी ४ ले पहिलो साता कमायो १४ करोड

रामबाबु गुरुङ निर्देशित यो चलचित्रले पति शो कुनै पनि नेपाली चलचित्रले पाएका थिएनन्। कबड्डी ४ ले रिलिज हुनु अगाडि नै लगानी सुरक्षित गरिसकेको थियो।

नेपालभ्युज

कबड्डी ४ ले पहिलो साता कमायो १४ करोड

काठमाडौं। गतसाता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कबड्डी ४’ ले बम्पर व्यापार गरेको छ।

निर्माण टिमका अनुसार चलचित्र कबड्डी ४ ले पहिलो साता १४ करोड ग्रस बलेक्सन गरेर चलचित्रले व्यापारमा कीर्तिमान कायम गरेको छ।

कबड्डी–४ लाई मल्टिप्लेक्स हलहरुले उच्च शो दिएका थिए। सोहीअनुसार दर्शक पनि ओइरिएपछि सुखद् व्यापार गरेको हो।

रामबाबु गुरुङ निर्देशित यो चलचित्रले पति शो कुनै पनि नेपाली चलचित्रले पाएका थिएनन्। कबड्डी ४ ले रिलिज हुनु अगाडि नै लगानी सुरक्षित गरिसकेको थियो।

यो चलचित्रले डिजिटल राइट र ओभरसिज राइट बिक्रीबाट रिलिज पहिल्यै ३ करोड रुपैयाँ कमाइसकेको थियो।

निर्माण पक्षका अनुसार युरोप, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड लगायतका देशमा प्रदर्शन अधिकार बिक्री भएको छ। नेपालका हलबाट हुने आम्दानी फिल्मको पूर्ण मुनाफा हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved