काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का निर्वाचित अध्यक्ष बद्री केसीले समानान्तर कमिटीका अध्यक्ष आरके शर्मामाथि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।
केसीले प्रहरी वृत्त दरबारमार्ग पुगेर शर्माविरुद्ध उजुरी दिएका हुन् ।
आफूमाथि उजुरी परेको भोलिपल्टै अध्यक्ष केसीले जिउ ज्यान र सम्पत्तिको शान्ति सुरक्षा, अभद्र व्यवहार र वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्ध कारबाहीको माग गर्दै शर्माविरुद्ध उजुरी दिएका हुन् ।
एनआरएनएको कार्यालयमा हिजो (मंगलबार) आरके शर्मा र बद्री केसीका समर्थकबीच विवाद भएको थियो । उक्त विवादमा एनआरएनएका अभियन्ता ओम शर्माको दाँत भाँचिएको थियो ।
घटनापछि आरके शर्मा पक्षधरले बद्री केसी र नेकपा (एमाले) का नेता महेश बस्नेतविरुद्ध उजुरी दिएका थिए ।
एनआरएनको कार्यालयमै गएर युवासंघका कार्यकर्ताले कुटे समानान्तर अध्यक्ष आरके शर्मालाई
एमाले नेता महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी
Facebook Comment
Comment