एनआरएनको कार्यालयमै गएर युवासंघका कार्यकर्ताले कुटे समानान्तर अध्यक्ष आरके शर्मालाई

नेपालभ्युज

एनआरएनको कार्यालयमै गएर युवासंघका कार्यकर्ताले कुटे समानान्तर अध्यक्ष आरके शर्मालाई

काठमाडौं। एनआरएनए समानान्तर कमिटीका अध्यक्ष आरके शर्मामाथि कुटपिट भएको छ। युवा संघका कार्यकर्ताले दुर्व्यवहार र कुटपिट गरेका हुन्।

संघको कार्यालय बालुवाटारमा भएको कार्यक्रममा सहभागी हुन पुगेका शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेका हुन्।

आरके शर्मालाई युवा संघका कार्यकर्ताले तत्काल कार्यालय छाडेर बाहिर जान चेतावनी दिएका थिए।

त्यसलगत्तै विवाद बढाउन नखोजी शर्मा बाहिरिएका थिए। मंगलबार एनआरएनको कार्यालयमा युवासंघले कार्यक्रम राखेको थियो। युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत समेत थिए। एनआरएनका अहिलेका निर्वाचित अध्यक्ष बद्री केसी पनि सहभागी थिए।

‘एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन ?’ भनेर समानान्तर अध्यक्ष आरके शर्माले सोधपुछ गरेपछि उनीमाथी कुटपिट भएको हो।

एनआरएनएको भर्खरै सम्पन्न भएको महाधिवेशनको विवाद अझै सकिएको छैन । महाधिवेशनमा धाँधली गरेर बद्री केसी निर्वाचित भएको भन्दै आरके शर्माले समानान्तर समिति गठन गरेका छन्। उनले बद्री केसीकै नेतृत्वमा रहेको समितिले गरेको ईभोटिङमा धाँधली गरिएको बताउँदै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved