एमाले नेता महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी

नेपालभ्युज

एमाले नेता महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ । पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी परेका छ । बालुवाटारस्थित एनआरएनएको कार्यालयमा कुटपिट गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

बेल्जियममा बसेर पत्रकारिता गर्दै आएका ओम शर्माले बस्नेतविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका हुन् । गैरआवासीय नेपाली संघको कार्यालयमा भएको सो घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

घटना हुँदा बस्नेत पनि त्यहाँ थिए। तर कुटपीट भने युवासंघका कार्यकर्ताले गरेका थिए। युवासंघका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले कुटपीट गर्न निर्देशन दिएको आराेप छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved