एजेन्सी । मधुमेहका बिरामीहरुले खानपानमा विशेष ध्यान दिनु पर्ने हुन्छ । यस्तो अवस्थामा बिहान नास्ताका लागि पनि उनीहरुले धेरै पटक सोंच्नुपर्ने हुन्छ । त्यसैले आज हामी मधुमेहका रोगीहरुका लागि केही स्वस्थ नास्ताका बारेमा जानकारी दिनेछौं ।
ओट्स
मधुमेहका रोगीहरुका लागि ओट्स स्वस्थ तथा फाइदाजनक नास्ता हो । यसमा पाइने फाइबरले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्दछ । साथै यसमा काब्र्स पनि पाइन्छ जो मधुमेहका विरामीहरुका लागि फाइदाजनक हुन्छ ।
स्मूदी
स्मूदी बनाएर पिउनु पनि मधुमेहका विरामीहरुलाई स्वस्थकर नास्ता हुन सक्छ । यसका लागि तपाईं चियासिड्स, आलसका बीज वा फलहरुबाट बनेको स्मूदी पिउन सक्नुहुन्छ । यसले इन्सुलिन रेसिस्टेन्सलाई राम्रो बनाउँछ ।
सुख्खा फल
नास्तामा सुख्खा फल जस्तै काजु, बदाम, ओखर आदिहरुले पनि रगतमा चिनीको मात्रालाई राम्रो बनाइराख्न सहयोग गर्छ । साथै यसले लामो समय ऊर्जा दिइराख्छ ।
बेसनको रोटी
यदी तपाईं मधुमेहको विरामी हुनुहुन्छ भने बिहान नास्तामा नहिच्किचाइकन बेसनको रोटीको सेवन गर्न सक्नुहुन्छ । यसलाई खाँदा रगतमा चिनीको मात्रा बढ्दैन र शरीरले पोषक तत्व प्राप्त गर्छ तथा ऊर्जा पनि आउँछ ।
अण्डा
अण्डा पनि मधुमेहका विरामीहरुका लागि नास्तामा राम्रो विकल्प हो । यसमा काब्र्सको मात्रा कम र प्रोटिनको मात्रा धेरै हुन्छ । यसको ग्लाइसेमिक इन्डेक्स कम हुन्छ त्यसैले खाँदा सुगरको मात्रा बढ्दैन । सीमित मात्रामा यसको सेवन गर्न सकिन्छ ।
Facebook Comment
Comment