काठमाडौं। राकुटेन भाइबरसँगको सफल साझेदारीको पछिल्लो अध्यायअन्तर्गत ट्याक्सीमान्डुले आफ्नो एपमार्फत बुकिङ राइडहरू सजिलो बनाउने लक्ष्यसहित नयाँ योजना ल्याएको छ।
यसका लागि भाइबरमा रहेको ट्याक्सीमान्डुअनलाइन ट्याक्सी च्याटबटमार्फत प्रयोगकर्ताहरूले एपभित्र सिधै ट्याक्सी बुक गर्न सकिनेछ।
ट्याक्सीमान्डुका प्रमुख कार्यकारी अधिकृत (सीईओ ) अर्जुन केसीले भने, “हामी यो नयाँ च्याटबट सुरु गर्ने सिलसिलामा रकुटेन भाइबरसँग फेरि जोडिन पाउँदा उत्साहित छौं। यसले हाम्रा प्रयोगकर्ताहरूका लागि ट्याक्सी बुकिङ अझ सहज बनाउनेछ। नेपाली नयाँ वर्षसँगै सुरक्षित र भरपर्दो ट्याक्सी सेवाहरूमा सबैलाई सजिलो पहुँचको हामी सुनिश्चित गर्न चाहन्छौं। भाइबरमा ट्याक्सीमान्डु अनलाईन ट्याक्सी च्याटबटको हाम्रो लक्ष्य भनेको नेपाली जनता हरुलाई घर कसरी पुग्ने भन्ने चिन्ता नगरी आ-आफ्ना प्रियजनहरूसँग रमाइलो गर्न र उत्सव मनाउनका थप समय बिताउन मद्दत गर्नु हो। अब प्रयोगकर्ताहरूले भाइबर च्याटबटबाट सजिलै ट्याक्सी बुक गर्न सक्छन्। ट्याक्सी सवारीका लागि धेरै थरि एपहरू डाउनलोड गर्न आवश्यक छैन।’
ट्याक्सीमान्डु अनलाइन ट्याक्सी बटमार्फत प्रयोगकर्ताहरूले अब एक एपबाट अर्को एपमा स्विच नगरिकन धेरै सुविधाहरूको मज्जा लिन सकिनेछ। उनीहरूले छोटो र लामो रुटहरूको लागि सवारी बुकिङ गर्न, अर्डर गरिएको ट्याक्सीको वास्तविक समय र स्थिति जाँच गर्न र लामो रुटहरूको लागि अग्रिम सवारीको समयतालिका पनि प्राप्त गर्न सक्नेछन्।
साथै अप्रिलदेखि सेप्टेम्बर २०२३ सम्म ट्याक्सीमान्डु अनलाइन ट्याक्सी बटबाट सवारी बुक गर्ने सबै बट प्रयोगकर्ताहरूका लागि ६०% सम्म छुटको प्रोमो कोडहरू पनि उपलब्ध हुनेछन्। प्रयोगकर्ताहरूले आफ्ना सम्पर्कका साथीसंगी र नातागोताहरूलाई च्याटबटमा पठाउँदा २०% छुट पनि पाउनेछन्।
यस नयाँ कार्यको सुरुवातले चालक र यात्रुहरू दुवैलाई प्रोत्साहन मिल्नेछ। ट्याक्सीमान्डुका चालकहरूले बटमार्फत गरिएका सवारी अनुरोधहरूका लागि कमिसन बाँड्नुपर्ने छैन, जबकि लामो रुटहरूमा नि:शुल्क सवारीको विशेष प्रस्तावहरूले ग्राहकहरूलाई पनि यस नयाँ सुविधा प्रयोग गरिरहन प्रोत्साहित गर्नेछ।
आगामी दिनमा नेपालको अग्रणी राइड-हेलिङ प्लेटफर्मले भाइबर बटमा थप सुविधाहरू थप्न चाहन्छ, जसले यसलाई नेपालीहरूका लागि मात्र नभई देशमा रहेका अन्तर्राष्ट्रिय आगन्तुकहरूका लागि पनि थप पहुँचयोग्य बनाउनेछ।
ट्याक्सीमान्डु र राकुटेन भाइबर एन्ड्रोइड र आईओएसका लागि डाउनलोड गर्न सकिने छ।
Facebook Comment
Comment