जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेकपा एमालेका सचिव तथा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठसँगको अग्रता कायमै राखेका छन् ।
धनुषा- ४ मा सुरुदेखि नै एमालेका महासेठले अग्रता लिइरहेको भए पनि बीचमा कांग्रेसका यादवसँग फराकिलो अन्तरमा पछि परेका थिए ।
महासेठले बटेश्वर गाउँपालिकाको मतगणना सकिँदा ३४ मतले अघि बढे। अहिले मिथिला नगरपालिकाको वडा नंं. १, २, ३,५,६र७ सम्पन्न मतगणना र ८ को जारी मतगणनाबाट यादव कम ब्याक हुँदै बढाएको मतान्तर कायम राख्न सफल भएका छन् ।
अहिले यादवले ७२७ मतले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार यादवको पक्षमा २९ हजार ३३७ मत रहेको छ भने महासेठको पक्षमा २८ हजार ६०९ मत छ ।
अब मिथिला नगरपालिकामा मत गन्न १० वडा रहेको मतदान अधिकृत सुदिप दंगालले जानकारी दिए।
यहाँ १० वडाका १९ हजार ९०१ मतदान भएकोमा वडा नम्बर १, २, ३,५,६ र ७ को मतगणना सम्पन्न भईसकेको छ भने ८ को मतगणना जारी रहेको छ।
Facebook Comment
Comment