धनुषा ४ : यादवको अग्रता कायमै, पछ्याउँदै महासेठ

धनुषा ४ : यादवको अग्रता कायमै, पछ्याउँदै महासेठ

जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले  नेकपा एमालेका सचिव तथा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठसँगको अग्रता कायमै राखेका छन् ।

धनुषा- ४ मा सुरुदेखि नै एमालेका महासेठले अग्रता लिइरहेको भए पनि बीचमा कांग्रेसका यादवसँग फराकिलो अन्तरमा पछि परेका थिए ।

महासेठले बटेश्वर गाउँपालिकाको मतगणना सकिँदा ३४ मतले अघि बढे।  अहिले मिथिला नगरपालिकाको वडा नंं. १, २, ३,५,६र७ सम्पन्न मतगणना र ८ को जारी मतगणनाबाट यादव कम ब्याक हुँदै बढाएको मतान्तर कायम राख्न सफल भएका छन् ।

अहिले यादवले  ७२७ मतले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार यादवको पक्षमा २९ हजार ३३७ मत रहेको छ भने महासेठको पक्षमा २८ हजार ६०९ मत छ ।

अब मिथिला नगरपालिकामा मत गन्न १० वडा रहेको मतदान अधिकृत सुदिप दंगालले जानकारी दिए।

यहाँ १० वडाका १९ हजार ९०१ मतदान भएकोमा  वडा नम्बर  १, २, ३,५,६ र ७ को मतगणना सम्पन्न भईसकेको छ भने ८ को मतगणना जारी रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved