अमेरिकी आक्रमणपछि निर्वासित इरानी राजकुमारले मागे खामेनेईको राजीनामा

नेपालभ्युज

अमेरिकी आक्रमणपछि निर्वासित इरानी राजकुमारले मागे खामेनेईको राजीनामा

एजेन्सी । इजरायल र इरानबीच जारी युद्धमा अमेरिका पनि प्रवेश गरेको छ । अमेरिकी बमबर्सक विमानले इरानस्थित तीनवटा आणविक केन्द्रमा आक्रमण गरेका छन् । अमेरिका यो युद्धमा प्रवेश गरेसँगै विश्वभर हलचल भइरहेको छ ।

यसैबीच इरानबाट लखेटिएका पूर्वराजाका छोरा रेजा शाह पहलवीले इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको राजीनामा मागेका छन् । उनले सामाजिक सञ्जालमार्फत खामेनेईको राजीनामा मागेका हुन् । उनले भनेका छन्, ‘आफ्नो भूमिगत बंकरबाट जवाफी कारबाही गर्नुभन्दा इरानी जनताको हितमा राजीनामा दिनुहोस् ।’

उनी इरानमा भएको इस्लामिक क्रान्तिपछि भागेका थिए । उनी अहिले अमेरिकामा बस्दै आएका छन् । इजरायलले आक्रमण गरेपछि उनले इरानको सत्तामा फर्किने प्रयास गरिरहेको बताइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved