सुदूरपश्चिम जाँदै प्रधानमन्त्री देउवा

देउवासँगै सुदूरपश्चिम यात्रामा कांग्रेस नेताहरु रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर पनि जानेछन्।

नेपालभ्युज

सुदूरपश्चिम जाँदै प्रधानमन्त्री देउवा
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा आज सुदूरपश्चिम जाँदैछन्। देउवा आज दिउँसो सुर्खेत हुँदै कैलालीसम्म पुग्ने कार्यक्रम रहेको बालुवाटारले जनाएको छ।

बाढी पहिरोले सुदूरपश्चिममा जनधनको व्यापक क्षति भएपछि देउवा आफ्नो गृहप्रदेश जानका लागेका हुन्। उनी आज राति धनगढीमै बस्ने कार्यक्रम रहेको छ।

पछिल्लो समयमा अविरल वर्षापछिको बाढी पहिरोबाट सुदूरपश्चिमका विभिन्न जिल्लाहरुसँगै देशभरका विभिन्न स्थानमा ठूलोमात्रामा जनधनको क्षति भएको छ।

सुदूरपश्चिमका कञ्चनपुर र कैलालीमा महाकाली नदीले समेत ठूलो क्षति पुर्याएको छ।

देउवासँगै सुदूरपश्चिम यात्रामा कांग्रेस नेताहरु रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर पनि जानेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved