एक साताभित्र युक्रेनमा हतियार पुग्ने अमेरिकाको आश्वासन

नेपालभ्युज

एक साताभित्र युक्रेनमा हतियार पुग्ने अमेरिकाको आश्वासन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक साताभित्र युक्रेनलाई अमेरिकी हतियार र उपकरण उपलब्ध गराउने बताएका छन् ।

गत हप्ता मात्रै अमेरिकी सिनेटले युक्रेनलाई ६१ अर्ब डलरको सहायता उपलब्ध गराउने कानुनलाई अनुमोदन गरेको थियो।

विगत ६ महिनादेखि अमेरिकी कांग्रेसमा यस विषयमा गतिरोध चलिरहेको थियो । तर, मतदानमा सिनेटले युक्रेनका लागि राहत प्याकेजलाई अनुमोदन गरेको छ ।

बाइडेनले अब जुनसुकै बेला यो विधेयकमा हस्ताक्षर गर्न सक्ने विश्वास गरिएको छ ।

यस विधेयकमा इजरायल र ताइवानका लागि अर्बौं डलरको सहायता दिइनेछ ।

बाइडेन भन्छन्, ‘यो राहत प्याकेजले अमेरिका अत्याचार र दमन विरूद्ध बलियो उभिएको देखाउँछ।’

यसै क्रममा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राहत प्याकेजका लागि अमेरिकी सिनेटप्रति आभार व्यक्त गरेका छन् ।

जेलेन्स्कीले यो सहयोग आफ्नो देशका लागि निकै महत्वपूर्ण रहेको बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले लामो समयदेखि युक्रेनसँग लड्न पश्चिमी हतियारहरू खोज्दै आएका छन्।

रूसले फेब्रूअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । यस भयावह युद्धमा दुबै पक्षबाट दशौं हजार मानिस मारिएका छन् र युक्रेनको ठूलो जनसंख्या घरबारविहीन बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved