कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता हुँदै, द्विपक्षीय सम्झौतामा आजै हस्ताक्षर

नेपालभ्युज

कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता हुँदै, द्विपक्षीय सम्झौतामा आजै हस्ताक्षर

काठमाडौं । नेपालमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् ।

दुईदिने राजकीय भ्रमणका क्रममा हिजो अपरान्ह नेपाल आएका थानीले आज बिहान प्रधानमन्त्रीसँग भेटवार्ता गर्नेछन् ।

होटल सोल्टीमा बिहान साढे १० बजे हुने भेटवार्ताका क्रममा दुई देशबीच द्विपक्षीय सम्झौता हुने छ ।

प्रधानमन्त्री प्रचण्डले कतारी अमिर शेखको सम्मानमा द्वारिकाज होटलमा दिवा भोजको आयोजना गर्नेछन् ।

यसअघि थानीले मंगलबार साँझ राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गरिसकेका छन् । कतारी राजाको सम्मानमा राष्ट्रपति पौडेलले रात्रिभोज आयोजना गरेका थिए ।

कतारी राजा थानी दिउँसो पौने १ बजे स्वदेश प्रस्थानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यतालिका छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved