नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

नेपालभ्युज

नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले हङकङलाई १४० रनको सामान्य लक्ष्य दिएको छ ।

ओमानको अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर ब्याटिङ थालेको नेपालले पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा १३९ रन बनाएको छ ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४४ रनको याेगदान गरे ।

ओपनरद्वय सस्तैमा आउट भएका थिए । कुशल भुर्तेल शून्य रनमै आउट हुँदा आसिफ शेख ५ रन बनाएर आउट भए । भुर्तेल लगातार तीन खेलमा शून्य रनमै आउट भएका हुन् ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामीले १२ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले २१ रन जोडे ।

सन्दीप जोरा २२ रनमा रनआउट हुँदा कुशल मल्लले १३, गुल्शन झाले ६, करण केसीले ३, ललित राजवंशीले रन बनाए ।

हङकङका लागि आयुश शुक्लाले तीन विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved