काठमाडौंका अनामनगर सहित यी क्षेत्रमा बिहानैदेखि विद्युत सेवा बन्द

नेपालभ्युज

काठमाडौंका अनामनगर सहित यी क्षेत्रमा बिहानैदेखि विद्युत सेवा बन्द

काठमाडौं । राजधानी काठमाडौंका विभिन्न स्थानमा आज दिनभर विद्युत् सेवा अवरुद्ध भएको छ ।

अनामनगर आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सेवा अवरुद्ध भएको हो ।

लोकसेवा कार्यालय नजिकैको पानी ट्यांकी, सिंहदरबारको पूर्वी गेट अनामनगर हुँदै न्युरो हस्पिटल, प्रभु बैंक आसपासको क्षेत्र, धोबीखोलादेखि मैतिदेवी, घट्टेकुलो क्षेत्रमा बिहान ८ देखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

त्यस्तै, बिहान १० बजेदेखि बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थलीलगायतका स्थानमा साँझ ५ बजेसम्म बिजुली जानेछ ।

शिवचोक, अर्याल गाउँ, दक्षिणढोका, होटेल नोर्लिङ, ग्रिनहिल सिटी क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत् सेवा अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको छ ।

मर्मत गर्नु पर्ने भएकाले विद्युत् सेवा बन्द गर्नु परेको प्राधिकरणले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved