काठमाडौं उपत्यकाका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै, विद्यार्थी फिर्ता गर्नुपर्ने बाध्यता

शैक्षिक गुणस्तर सुधारेर अब्बल ठहरिएका सामुदायिक विद्यालयमा पर्याप्त कक्षाकोठा अभाव  छ ।  शिक्षक–कर्मचारी थोरै भएका, खेलमैदान तथा खाली ठाउँ अभाव रहेका र बलियो आर्थिक स्रोतको अभावसँग जुधिरहेका विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गरिरहेका छन् । 

नेपालभ्युज

काठमाडौं उपत्यकाका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै, विद्यार्थी फिर्ता गर्नुपर्ने बाध्यता

काठमाडौं । देशभरका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी अभाव प्रमुख समस्या बनिरहेको समयमा काठमाडौं उपत्यकामा भने विद्यार्थी भर्नाको चाप बढेको छ । उनीहरू क्षमताभन्दा बढी विद्यार्थी भर्ना गर्नुपर्ने दबाबमा परेपछि भर्ना हुन आएका विद्यार्थी फिर्ता गर्नुपर्ने बाध्यता  छ ।

विद्यालयको भौतिक संरचना र जनशक्तिले नथेग्ने भएपछि भर्ना हुन आएका विद्यार्थीलाई जबरजस्ती फर्काउनुपर्ने बाध्यतामा रहेको उपत्यकाका सामुदायिक विद्यालयलेहरूले बताएका छन् ।

गत शैक्षिक सत्रमा दुई हजार तीन सय विद्यार्थी भर्ना गरेको मध्यबानेश्वरस्थित रत्नराज्य स्कुलमा यसपटक पनि भर्ना फाराम लिनेको सङ्ख्या अत्यधिक छ ।

दरबार हाइस्कुल (भानु मावि)मा पनि विगतमाभन्दा विद्यार्थीको चाप बढी छ । नयाँ शैक्षिक सत्रका लागि लिएको प्रवेश परीक्षामा सात सय ८१ जना विद्यार्थी उत्तीर्ण भएका छन् । संस्कृत माध्यमिक विद्यालयमा पनि यस वर्ष एक सय ७१ जना विद्यार्थीले भर्नाका लागि प्रवेश परीक्षा दिएका छन् ।

बौद्ध महांकालमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा भर्नाका लागि फाराम भर्न आउने विद्यार्थीको चाप अघिल्लो वर्षभन्दा बढी छ । काठमाडौंको बाफलमा रहेको ज्ञानोदय माविमा पनि भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या अत्यधिक छ ।

ललितपुरको बुङमतीमा रहेको आदर्श शौल युवक माविमा पनि थेगिनसक्नुको चाप छ ।

गत शैक्षिक सत्रमा यस विद्यालयले दुई हजारभन्दा बढी विद्यार्थी भर्ना गरेको थियो । यस वर्ष पनि यही हाराहारीमा भर्ना गरिने विद्यालय प्रशासनले जनाएको छ ।

ललितपुरकै फुल्चोकी मावि, किटिनी मावि र बज्रवाराही माविमा पनि विद्यार्थीको चाप बढ्दो छ । बज्रवाराही माविमा दक्षिण ललितपुरका धेरै विद्यार्थी आउने भएकाले विद्यार्थी बढेको विद्यालयले जनाएको छ । बज्रवाराही र किटिनी मावि नमुना विद्यालयमा परेका छन् ।

भक्तपुर च्यामासिंहमा रहेको वागीश्वरी माविमा पनि विद्यार्थीको उस्तै चाप छ ।

शैक्षिक गुणस्तर सुधारेर अब्बल ठहरिएका सामुदायिक विद्यालयमा पर्याप्त कक्षाकोठा अभाव  छ ।  शिक्षक–कर्मचारी थोरै भएका, खेलमैदान तथा खाली ठाउँ अभाव रहेका र बलियो आर्थिक स्रोतको अभावसँग जुधिरहेका विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

देशभर रहेका २७ हजार नौ सय ९० सामुदायिक विद्यालयमध्ये सरकारले चार सय ८९ विद्यालयलाई नमुना विद्यालय घोषणा गरेको छ । त्यसमध्ये उपत्यकामा १४ वटा नमुना विद्यालय छन् । शैक्षिक सुधार र रचनात्मक शैक्षिक क्रियाकलापका आधारमा ती विद्यालयलाई नमुना घोषणा गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved