लुम्बिनीमा एमालेबाट को-को बन्दैछन् मन्त्री ?

नेपालभ्युज

लुम्बिनीमा एमालेबाट को-को बन्दैछन् मन्त्री ?

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याएको छ ।

रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्न खत्रीलाई सरकारमा पठाउने निर्णय भएको लुम्बिनी संसदीय दलका नेता लीला गिरीले जानकारी दिए ।

ढकाललाई शहरी विकास, पन्थीलाई गृह, खत्रीलाई सामाजिक विकास र केसीले वन मन्त्रालयको जिम्मेवारी पाउने सत्ता गठबन्धनको दलहरूबीच सहमति भएको छ ।

यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो । उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

मन्त्रीहरूको बिहीबार बेलुकी ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved