पोखराका सबै सहकारी पीडित एकै ठाउँमा, बृहत् प्रदर्शनको तयारी

नेपालभ्युज

पोखराका सबै सहकारी पीडित एकै ठाउँमा, बृहत् प्रदर्शनको तयारी

काठमाडौं । सर्वसाधारणका बचत खाएर भागेका सहकारी सञ्चालकविरुद्ध पोखरेली एकजुट भएका छन् ।

बचत अपचलन भएका पोखराका सबै सहकारी पीडितहरू एकै ठाउँमा भेला भएर आन्दोलनको तयारी गरेका हुन् ।

पोखरामा अहिले ६ वटा सहकारीले बचत अपचलन गरेको मुद्दा अदालतमा विचाराधीन छ । यी ६ वटै सहकारीका पीडितहरूले संयुक्त रूपमा जाने निर्णय गरेका हुन् ।

सहकारीमा राखेको बचत फिर्ता गर्न सरकार र राजनीतिक दलहरूले चासो नदिएको भन्दै पीडितहरूले संगठित रूपमा आन्दोलनमा जान लागेका हुन् ।

पीडितहरूको भेलाले ‘कास्की सहकारी बचत पीडित संघर्ष समिति’ गठन गरेको छ ।

सूर्यदर्शन सहकारी पीडित किरण श्रेष्ठको संयोजकत्वमा गठित समिति छ । समितिमा इमेज सहकारी पीडित हरिबहादुर खत्री, कोषाध्यक्षमा शिव शिखर सहकारी पीडित टेकराज तिमिल्सिना, सचिवमा मित्र मिलन सहकारी पीडित प्रकाश पौडेल र सहसचिवमा बलिदानी सहकारी पीडित धम पुन छन् ।

संघर्ष समितिको भेलाले अर्को साता पोखरामा बृहत् प्रदर्शनी गर्ने निर्णयसमेत गरेको संयोजक श्रेष्ठले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved