बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

नेपालभ्युज

बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

काठमाडौं । बर्दियामा एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका-४ कैलाशनगर नयाँबस्तीका २२ वर्षीय अर्जुन सुनार छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले बुधबार बिहान सुनारलाई पक्राउ गरेको हो ।

गत चैत २१ गते सुनारले ती बालिकालाई बलात्कार गरेको पीडित पक्षको उजुरीमा उल्लेख छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved