मानविकी अध्ययन गर्नेलाई सिनास वृत्ति

नेपालभ्युज

मानविकी अध्ययन गर्नेलाई सिनास वृत्ति

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसअन्तर्गत मानविकी संकायमा अध्ययनरत विद्यार्थीले शोधकार्यका लागि नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) बाट सिनास वृत्ति (छात्रवृत्ति) पाउने भएका छन् ।

विश्वविद्यालयको स्ववियु र सिनासबीच मंगलबार सम्पन्न सम्झौतामा हरेक विभागका कम्तीमा एक जना विद्यार्थीलाई प्रतिवर्ष जनही रु २५ हजार प्रदान गर्ने सहमति भएको छ । यसलाई कार्यविधि बनाएर तत्काल लागू गर्न सिनास र स्ववियुबीच सहकार्य गर्ने सहमति भएको छ ।

यसै विषयमा कीर्तिपुरस्थित सिनास भवनमा स्ववियु र सिनासबीच सम्झौता पत्र आदानप्रदान भएको थियो । त्यसमा स्ववियुको तर्फबाट सभापति श्यामराज ओझा र सिनासका तर्फबाट कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।

मानविकी संकायप्रति आकर्षण बढाउन तथा अनुसन्धानात्मक पढाइलाई प्रोत्साहन गर्न यस्तो छात्रवृत्ति लागू गरिएको जानकारी सभापति ओझाले दिए । सिनासका कार्यकारी निर्देशक कार्कीले विगतमा ठूलाठूला अनुसन्धान परियोजना सञ्चालन गरेको र राज्यबाट रु १० करोड प्राप्त गर्ने गरेकोमा सिनास अहिले अत्यन्त कमजोर अवस्थामा रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved