मंगलबारको दिन भुलेर पनि गर्न नहुने यी काम, पैसाको कारोबार गरे फिर्ता नहुने विश्वास

यसरी मंगलबारको दिन भगवानको आराधना गरे लाभै लाभ मिल्नेछ भन्ने विश्वास छ ।  तथापि केही कामहरू भने मंगलबारको दिन गर्न वर्जित गरिएको छ ।धर्मशास्त्रका अनुसार मंगलबारको दिन ती काम गरेमा हानि हुने साथै जीवनमा समस्या बढ्न सक्छ ।

नेपालभ्युज

मंगलबारको दिन भुलेर पनि गर्न नहुने यी काम, पैसाको कारोबार गरे फिर्ता नहुने विश्वास

मंगलबार खासगरी गणेश र हनुमानको आराधना गरिन्छ । यसदिन गणेशजीको आराधना गरे सम्पन्नत तथा सन्तान सुख मिल्ने र हनुमानको आराधना गरे हरेक कष्ट निवारण हुने गर्दछ ।

यसरी मंगलबारको दिन भगवानको आराधना गरे लाभै लाभ मिल्नेछ भन्ने विश्वास छ ।  तथापि केही कामहरू भने मंगलबारको दिन गर्न वर्जित गरिएको छ ।धर्मशास्त्रका अनुसार मंगलबारको दिन ती काम गरेमा हानि हुने साथै जीवनमा समस्या बढ्न सक्छ ।

यी हुन् मंगलबार गर्न नहुने काम ।

मंगलबारको पैसाको लेनदेन गर्नु हानिकारक मानिन्छ । यसले धन हानि हुने सम्भावना रहन्छ ।

मंगलबार सकेसम्म घरमा हवन गर्नु हुँदैन । साथै हवन सामाग्री किन्नु पनि हुँदैन ।

यस दिन सौन्दर्य सामाग्री खरिद गर्नु हुँदैन । अन्यथा वैवाहिक सम्बन्धमा दरार आउन सक्छ ।

मंगलबार दूधका परीकार किन्नु, सेवन गर्नु वा दान गर्नु हुँदैन । भगवानलाई चढाउन भने हुन्छ ।

मंगलबार कालो रङ्गको कपडा धारण गर्नु हुँदैन । रातो रङ्गको कपडा लगाउनु उत्तम हुन्छ ।

मंगलबार फलामका सामान खरिद गर्नु हुँदैन । यसलाई अशुभ मानिन्छ ।

हनुमानको व्रत बस्ने मानिसले दुवै छाक नुनको सेवन गर्नु हुँदैन ।

मंगलबारको दिन धारिलो बस्तुको खरिद गर्नु हुँदैन । जस्तो चक्कु, छुरी कैचीं ।

मंगलबार भुलेर पनि आमासँग ठुलो स्वरमा कुरा गर्ने वा बहस गर्ने गर्नु हुँदैन ।

मंगलबार पशु बलि दिनु हुँदैन । पशुवली दिएमा सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

मंगलबार कुखुरा वा अन्य पक्षीको हत्या गर्नु हुँदैन । अन्यथा मानिसको बुद्धि भ्रमित हुन्छ ।

मंगलबार माछा खानु हुँदैन यसले आर्थिक नोक्सानी बनाउने गर्दछ ।

मंगलबार मासुको पनि सेवन गर्नु हुँदैन । मंगलबार मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।

मंगलबार मदिरा सेवन गर्नु हुँदैन । यसले क्रोध वृद्धि गर्ने र आपराधिक मानसिकता बनाउँछ ।
मंगलबार झगडा गर्नु हुँदैन । अन्यथा आफ्नै बेइज्जत हुने खतरा रहन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved