अदालतले तोकेको पेसी अगाडि नै विश्वासको मत लिने तयारीमा गण्डकीका मुख्यमन्त्री

नेपालभ्युज

अदालतले तोकेको पेसी अगाडि नै विश्वासको मत लिने तयारीमा गण्डकीका मुख्यमन्त्री

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अदालतले तोकेको पेसी अगाडि नै विश्वासको मत लिने तयारी गरेका छन् ।

सुरुआतमै अल्पमतमा देखिएको गण्डकी प्रदेश सरकारले अदालतले आदेश दिनुअगावै विश्वासको मत लिने तयारी गरेको हो ।

गण्डकी प्रदेश सरकार गठनविरुद्ध कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट उपर वैशाख १० गते पेसी तोकिएको छ ।

त्योअघि नै विश्वासको मतका लागि सबै दलसँग छलफलमा जुटिरहेका एमालेका नेताहरु बताउँछन् ।

एमाले संसदीय दलका नेता खगराज अधिकारी चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । अधिकारीले संविधानको धारा १६८ (२) अनुसार सरकार आह्वान गर्दा दलको बहुमतले पुग्ने भन्दै एमालेका २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसद पुर्‍याएर प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

सोही रिटउपर सर्वोच्च अदालतले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved