सांसदहरूलाई ओलीको निर्देशन : पार्टीको अनुमति बिना विदेश नजानू

नेपालभ्युज

सांसदहरूलाई ओलीको निर्देशन : पार्टीको अनुमति बिना विदेश नजानू

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

सोमबार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीको अनुमति बिना विदेश जाने काम नगर्न सांसदलाई सचेत गराएका हुन् ।

ओलीले पार्टीका प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्रै सांसदहरूले विभिन्न कार्यक्रममा जान सक्ने जानकारी दिए ।

विगतमा सांसदहरूले रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त पेश गर्दै त्यसो हुन नदिनका लागि पनि सांसदहरूले पार्टी संसदीय दलको परामर्शमा मात्रै विदेश जान उपयुक्त हुने ओलीको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved