सुदूरपश्चिम सरकारको नेतृत्व नाउपाले गर्ने, चौधरी मुख्यमन्त्री बन्दै

नेपालभ्युज

सुदूरपश्चिम सरकारको नेतृत्व नाउपाले गर्ने, चौधरी मुख्यमन्त्री बन्दै

काठमाडौं । सुदूरपश्चिम सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले गर्ने भएको छ ।

यसबारे औपचारिक सहमति बालुवाटारमा भइसकेको नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जानकारी दिइन् । अध्यक्ष रञ्जिताका अनुसार सुदूरपश्चिममा कैलाश चौधरी (Kailash chaudhary) मुख्यमन्त्री बन्नेछन् ।

कैलाश चौधरीले पनि आफूले मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताए । “तयारी भइरहेको छ । तीन बजेभित्र हामी प्रदेश प्रमुखकहाँ जान्छौँ दाबी पेशका लागि,” चौधरीले नेपालभ्युजसँग भने ।

त्यसो त नाउपाभित्र मुख्यमन्त्री को बन्ने भन्नेबारे विवाद छ । अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीचको विवाद चुलिँदा पार्टी आन्तरिक कलहमा फसेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved