सडकमा मिठाई बाँडेर गृहमन्त्री लामिछानेले मनाए नयाँ वर्ष (तस्वीर सहित)

नेपालभ्युज

सडकमा मिठाई बाँडेर गृहमन्त्री लामिछानेले मनाए नयाँ वर्ष (तस्वीर सहित)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सडकमा मिठाइ बाडेर नयाँ वर्षको सुरुवात गरेका छन् ।

सडकमा खटिएका प्रहरीसँग गृहमन्त्री लामिछानेले शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाएका हुन् ।

आज बिहान काठमाडौंको थापाथली चोक पुगेर गृहमन्त्री लामिछानेले सडकमा ड्युटी गरिरहेका प्रहरीलाई मिठाइ बाडेका छन् । उनले सडकमा खटिएका ट्राफिक प्रहरीलाई हौसला प्रदान गर्दै नयाँ वर्षको शुभकामना दिएका हुन् ।

सडकमा भेटिएका ज्येष्ठ नागरिक, सवारीचालक र यात्रुलाई समेत नयाँ वर्षको शुभकामना दिँदै मन्त्री लामिछानेलले लड्डु बाढेका थिए ।

नयाँ वर्ष मनाउने क्रममा गृहमन्त्रीको टोलीमा नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीलगायतका प्रहरी अधिकृत सहभागी थिए ।

शुभकामना आदान प्रदानका क्रममा मन्त्री लामिछानेले कर्तव्य पालनामा कुनै कमी नगर्न प्रहरीलाई अनुरोध गरेका थिए ।

तस्वीरहरु गृहमन्त्री लामिछानेको सचिवालयबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved