नयाँ वर्षको अवसरमा टोखा पुगेर राष्ट्रपति पौडेलले गरे पूजा अर्चना

नेपालभ्युज

नयाँ वर्षको अवसरमा टोखा पुगेर राष्ट्रपति पौडेलले गरे पूजा अर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको टोखामा रहेको प्रसिद्ध ऐतिहासिक सपनातीर्थ मन्दिरमा आज बिहान पूजा अर्चना गरेका छन् ।

नयाँ वर्ष २०८१ को अवसरमा बिहानै मन्दिर पुगेर गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका हुन् । सपनातीर्थमा नयाँ वर्ष(New Year)को अवसरमा हप्ता दिनसम्म परम्परागत जात्रा तथा मेला एक लाग्ने गर्दछ ।

मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोललगायतले स्वागत गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved