डोल्पा डढेलो : घाइते भएका थप दुई सैनिकको मृत्यु

नेपालभ्युज

डोल्पा  डढेलो :  घाइते भएका थप दुई सैनिकको मृत्यु

काठमाडौं । डोल्पाको सामुदायिक वनमा डढेलो निभाउने क्रममा जलेर घाइते भएका थप दुई सैनिकको मृत्यु भएको छ ।

देवीदत्त गण ‘क’ का घाइते भएका चार सैनिकमध्ये एकको डोल्पामै सोमबार साँझ र थप दुई सैनिकको काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सैनिक निर्देशनालयले जनाएको छ ।

मृत्यु हुनेमा  जमदार केशरबहादुर जागा मगर र सिपाही आशिष बुढा रहेका छन् । प्युठ विजय कोइरालाको भने उपचार भइरहेको बताइएको छ ।

यसअघि सोमबार साँझ डोल्पामा सिपाही हेमन्त रावतको मृत्यु भएको थियो । सोमबार ठूलोभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा भिषण डढेलो लागेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved