सङ्खुवासभामा छोराको कुटपिटबाट बुवाको मृत्यु

नेपालभ्युज

सङ्खुवासभामा छोराको कुटपिटबाट बुवाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका-२ गैरीगाउँमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ ।

२८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए ।

गएराति घरायसी वादविवादमा छोरा सुमनले बुवालाई कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते ५० वर्षीय युवराजको उपचारका क्रममा मंगलबार बिहान जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved