कैलालीमा दिदीबहिनी घरमै मृत फेला, जेठीले मुटु र कान्छीले डिप्रेसनको खान्थिन् औषधि

नेपालभ्युज

कैलालीमा दिदीबहिनी घरमै मृत फेला, जेठीले मुटु र कान्छीले डिप्रेसनको खान्थिन् औषधि
प्रतिकात्मक तस्वीर

धनगढी । कैलालीमा एकघारमा दिदीबहिनी सँगै मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका–१० कने थेवरमन कलेशु चौधरीकी दुई छोरी मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान भेटिएका हुन् ।

दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिएका थिए । स्थानीयका अनुसार जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेसनको औषधि खाइरहेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved