नउपा सुदूरपश्चिमकी सांसद इन्दिरा गिरी पदमुक्त

नेपालभ्युज

नउपा सुदूरपश्चिमकी सांसद इन्दिरा गिरी पदमुक्त

धनगढी । नागरिक उन्मुक्ति पार्टी नाउपाकी सुदूरपश्चिम प्रदेशकी सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन् ।

सभामुख भीम भण्डारीले सोमबार नाउपा सांसद गिरी पदमुक्त भएको सूचना जारी गरेका हुन्। अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादले सुदूरपश्चिममा तनावपूर्ण रुप लिएको हो ।

अध्यक्ष श्रेष्ठले केही दिनअघि समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गराएकी थिइन् । सोही पत्रका आधारमा सभामुखले सोमबार उनलाई पदमुक्त गरेको प्रदेश सभा सचिव देवबहादुर बोगटीद्वारा जारी सूचनामा उल्लेख छ ।

गिरीले पार्टीको निर्देशन नमानेको आरोप अध्यक्ष श्रेष्ठको छ । पार्टीले आधिकारिक निर्णय गरेर सिफारिस गरे प्रदेश सभाले सांसदबाट हटाउन सक्ने प्रावधान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved