मनाङे बने पाँचौँपटक मन्त्री

नेपालभ्युज

मनाङे बने पाँचौँपटक मन्त्री

काठमाडौं । गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङे ऊर्फ राजीव गुरुङ पाँचौँपटक मन्त्री बनेका छन् ।

उनीसहित नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानलाई आइतबार मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री अधिकारीले पनि आइतबार मात्रै शपथ ग्रहण गरेका हुन् ।

मनाङेले यसपटक पाँचौँपटक मन्त्रीका रूपमा शपथ ग्रहण गरेका हुन् । मनाङे यसअघि नै चारपटक मन्त्री भइसकेका थिए ।

मनाङे (Deepak manange) यसअघिको प्रदेश सरकारको कार्यकालमा ४५ दिनमै तीनपटक युवा तथा खेलकुदमन्त्री बनेका थिए । २०७८ वैशाख १६ मा तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा उनी पहिलोपटक मन्त्री बनेका थिए ।

मुख्यमन्त्री गुरुङले २०७८ वैशाख २९ मा राजीनामा दिएपछि मनाङे स्वतः पदमुक्त भएका थिए । त्यसपछि ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा पृथ्वीसुब्बा नै नियुक्त भए । त्यसबेला उनले पुरानै मन्त्रीलाई निरन्तरता दिएका थिए । त्यसपछि मनाङे पुनः सोही मन्त्रालयमा दोहोरिएका थिए ।

त्यसपछि कांग्रेस नेतृत्वको सरकार बनाउन निर्णायक मत दिएका मनाङेले २०७८ असार अन्तिममा गठबन्धन सरकारमा पनि सोही मन्त्रालयको जिम्मेवारी पाएका थिए । त्यसपछि संसद्को दोस्रो कार्यकालमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई गत चैत ५ मा भौतिक पूर्वाधारमन्त्री बनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved