गण्डकी प्रदेशका पहाडी भेगमा मेघ गर्जनसहितको वर्षा

नेपालभ्युज

गण्डकी प्रदेशका पहाडी भेगमा मेघ गर्जनसहितको वर्षा
फाइल तश्वीर

काठमाडौं । मुलकभरका पहाडी क्षेत्रमा आंशिकदेखि समान्य बदली हुने छ । गण्डकी प्रदेशका केही पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य पहाडी भेगका एक दुई स्थानमा पनि वर्षाको सम्भावना छ । बाँकी भेगको मौसम भने समान्यत सफा रहने छ ।

आज राती पनि पहाडी क्षेत्रमा आंशिक बदली हुने महाशाखाको अनुमान छ । काठमाडौं (Kathmandu)उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव २ डिग्री पुग्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved