रास्वपालक्षित गगनको टिप्पणीः नयाँ दलले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हो

नेपालभ्युज

रास्वपालक्षित गगनको टिप्पणीः नयाँ दलले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भन्ने नहुने बताएका छन् ।

शनिवार ललितपुरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नयाँ वा पुरानो भनेर छुट नहुने बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित टिप्पणी गर्दै उनले कानूनको शासन भन्दा माथि कोही पनि नहुने जिकिर गरे ।

प्रश्न भन्दा माथि कोही पनि नरहेको उनको भनाई छ । थापाले प्रश्नभन्दा माथि कोही पनि नेता नरहेको बताए ।

सर्वसाधारणले गरेको ठगी ठगी भएको जस्तै शक्तिशालीले गरेको ठगी पनि ठगी नै हुने भएकाले शक्तिशालीलाई छुट दिन नहुने थापाले बताए । उनले सर्वसाधारणले गरेको कुनै कीर्ते कीर्ते नै हुने भएकाले शक्तिशालीको गरेको कीर्ते पनि कीर्ते नै हुने बताए ।

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै कांग्रेसले देशको उद्योग धन्दा बेचेर खाएको आरोप लगाएको भन्दै कम्युनिष्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन चुनौति दिए ।

अहिले प्रधानमन्त्री, अर्थमन्त्री कम्युनिष्ट पार्टीकै भएकाले नयाँ उद्योग खोलेर देखाउन उनले आग्रह गरे ।

सरकारले उद्योग धन्दा गर्ने नभइ निजी क्षेत्रले गर्नेमा कम्युनिष्टहरू जानकार रहेकाले पनि खोल्न नसक्ने उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved