गर्भावस्थामा हुन सक्छ छालासँग जोडिएका समस्या

नेपालभ्युज

गर्भावस्थामा हुन सक्छ छालासँग जोडिएका समस्या

एजेन्सी । गर्भावस्थामा छालासँग जोडिएका समस्याहरु पनि बढ्ने गर्छन् । यसक्रममा महिलाहरुको छाला एकदमै मरेतुल्य तथा नराम्रो पनि हुने गर्छ । यसबाहेक दागधब्बा आउने समस्याहरु पनि बढ्छ । जानौं यसबारे–

  • गर्भावस्थाको तेस्रो महिनामा अनुहारमा डन्डीफोर, दाग आदि आउन थाल्छन् । यसक्रममा शरीरमा धेरै प्रकारका हर्मोनल परिवर्तन हुने गर्छ, जसले गर्दा छालाको समस्या पनि बढ्न थाल्छ ।
  • गर्भावस्थाको क्रममा पानीको कमी हुनाले पनि छाला सुख्खा हुने समस्या हुन्छ । गर्भावस्थामा आमाभित्र बनिरहेको भ्रुणले आमाको शरीरबाट पानी लिन्छ, जसले गर्दा गर्भवतीको शरीरमा पानीको कमी हुन थाल्छ ।
  • गर्भावस्थाको समयमा महिलाहरुको छाला एकदमै संवदेनशील हुन्छ, जसले गर्दा छालाको एलर्जी पनि हुने गर्छ । यसक्रममा महिलाहरुले छाला कोतर्ने वा स्क्रब गर्नबाट जोगिनुपर्छ ।
  • गर्भावस्थामा जब पेट बढ्दै जान्छ त्यसपछि त्यहाँको छाला तन्किन थाल्छ । जसले गर्दा स्ट्रेच मार्क्स आउने सम्भावना पनि अत्यधिक महिलामा हुन्छ । यस्तो छाला तन्किरहेको अवस्थामा छाला अत्यधिक चिलाउने गर्छ ।
  • गर्भावस्थामा हुने हर्मोनल परिवर्तनले गर्दा खासगरी घाँटीको छालामा कालोपन आउन थाल्छ । साथमा शरीरको अन्य भागहरुमा पनि कालो दागहरु आउने सम्भावना अत्यधिक हुन्छ ।
  • यसरी नै गर्भावस्थाको बेला पेट लगायत शरीरको अन्य भागहरुमा स्ट्रेच मार्क्स आउनु पनि सामान्य कुरा हो । यस्तो अवस्थामा तपाईं नियमित रुपमा छालालाई मोइस्चराइज गर्नुभयो भने यस्तो समस्याहरुबाट केही मात्रामा बच्न सकिन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved