दुई समूहबीच झडप भएपछि सुनसरीको हरिनगर र देवानगञ्जमा निषेधाज्ञा

नेपालभ्युज

दुई समूहबीच झडप भएपछि सुनसरीको हरिनगर र देवानगञ्जमा निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडानम्बर १ र ७ मा निषेधाज्ञा जारी गरेको छ ।

मध्यान्ह १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जानकारी दिए ।

बिहीबार एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका-१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समूहबीच झडप भएको थियो ।

घटनामा स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिटपछि दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।

अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कुनै पनि सामूहिक रुपमा गरिने कार्य नगर्न निषेध गरिएको फुयलले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved