लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरालाई समर्थन गर्ने गठबन्धन दलको निर्णय

स्वतन्त्र सांसदलाई समेत राखेर गरे पाँच बुँदे सहमति

नेपालभ्युज

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरालाई समर्थन गर्ने गठबन्धन दलको निर्णय

काठमाडौं । लुम्बिनीमा नेकपा (एमाले), माओवादी केन्द्रसहितका चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबीच नयाँ सत्ता सहकार्यका लागि ५ बुँदे सहमति भएको छ ।

नयाँ सरकार गठनदेखि सहकार्यका लागि उनीहरुबीच पाँच बुँदे सहमति भएको हो । दलहरूको सहमतिअनुसार धारा १६८ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा (Jokh Bahadur Mahara) मुख्यमन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी (Dilli Bahadur Chaudhary) ले प्रदेश सभामा विश्वासको मत माग्नु अघि भएको सहमति पत्रमा एमाले संसदीय दलका नेता लीला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले हस्ताक्षर गरेका छन् ।

योसँगै चौधरीले विश्वासको मत नपाउने पक्का भएको छ । आफुले विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री चौधरी राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।

मन्त्रालय भागबन्डा तथा प्रदेशमा हुने राजनीतिक नियुक्ति सबैको अपनत्व हुने गरी गर्ने समझदारी गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved