नायक २ बनाउने तयारीमा अनिल कपुर, कहिले र कस्तो आउला ?

नेपालभ्युज

नायक २ बनाउने तयारीमा अनिल कपुर, कहिले र कस्तो आउला ?

मुम्बई । बलिउड अभिनेता अनिल कपूरको फिल्म नायक २ आउने अनुमान गरिएको छ । गत शनिबार निर्देशक एस शंकर मुम्बईमा अनिल कपूरको घर बाहिर देखिएपछि यसको चर्चा भएको हो ।

भेटका तस्वीर सामाजिक सञ्जालमा चर्चा छ । यी दुवै एकसाथ देखिएपछि उनीहरू फिल्म नायक २ बनाउने तयारीमा छन् कि भन्ने अनुमान गरिएको हो ।

मिडिया रिपोर्टका अनुसार दुईबिच लामो समयसम्म कुराकानी चलेको थियो । त्यसयता चलचित्र नायक २ को चर्चा बढेको छ । शंकरले फिल्मको स्क्रिप्टलाई लिएर अनिल कपुरसँग भेट गरेको बताइएको छ ।

एस शंकरद्वारा निर्देशित फिल्म नायक सन् २००१ मा रिलिज भएको थियो । यो १९९९ को तमिल फिल्म मधुलवनको रिमेक थियो । जसलाई एस शंकरले निर्देशन गरेका थिए । फिल्ममा अनिल कपूरसँग रानी मुखर्जी, अमरिश पुरी, परेश रावल, जोनी लिभर देखिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved