सामान्य अंकले घट्यो नेप्से, परिसूचक दुई हजारको विन्दुमा

नेपालभ्युज

सामान्य अंकले घट्यो नेप्से, परिसूचक दुई हजारको विन्दुमा

काठमाडौं । साताको कारोबारको चौथो दिन सेयर बजार ३ दशमलव ४३ अंकले घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव ४३ अंकले घटेर २००६ दशमलव ७८ को विन्दुमा पुगेको छ ।

बुधबार ३२२ कम्पनीको ५२ हजार ०६५ पटकको कारोबारमा ६४ लाख ८१ हजार ८ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६ को विन्दुमा पुगेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ४३ अंकले घटेर ३५५ दशमलव ७७ को विन्दुमा पुगेको छ । बुधबार सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार हुने कम्पनीहरूमा ट्रेडिङस रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved