त्रिशूलीमा बेपत्ता दिवस रोकाया चार दिनपछि मृत भेटिए

नेपालभ्युज

त्रिशूलीमा बेपत्ता दिवस रोकाया चार दिनपछि मृत भेटिए

काठमाडौं । काठमाडौंबाट गोरखातर्फ गइरहेको ट्याक्सी त्रिशूली नदीमा खस्दा बेपत्ता भएका १८ वर्षीय दिवस रोकाया मृत भेटिएका छन् ।

बेपत्ता भएको चार दिनपछि बुधबार बिहान कालीखोलास्थित त्रिशुली किनारमा रोकाया मृत फेला परेको प्रहरीले जनाएको छ ।

छोराको अन्त्येष्टि गरेर फर्किएकी ७० वर्षीया जुनकिरी त्रिशूलीमा बिलाइन्, नाति बेपत्ता

गत शनिबार काठमाडौंबाट फर्किदैँ गरेको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक दुर्घटना भएको थियो ।

घटनामा चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया, २८ वर्षीया अञ्जना रोकाया, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved