मुग्लिन ट्याक्सी दुर्घटनाः

छोराको अन्त्येष्टि गरेर फर्किएकी ७० वर्षीया जुनकिरी त्रिशूलीमा बिलाइन्, नाति बेपत्ता

नेपालभ्युज

छोराको अन्त्येष्टि गरेर फर्किएकी ७० वर्षीया जुनकिरी त्रिशूलीमा बिलाइन्, नाति बेपत्ता

गोरखा । काठमाडौंबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । दुर्घटनामा एक जना बेपत्ता छन् ।

प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया, २८ वर्षीया अञ्जना रोकाया, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको छ । १८ वर्षीय दिवस रोकाया बेपत्ता छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालका अनुसार मलामी गएर काठमाडौंबाट तीन वटा गाडीमा फर्किदैँ गर्दा दुर्घटना भएको हो ।

अन्य दुई गाडी मुग्लिन पुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए ।

खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए ।

शनिबार बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक उक्त दुर्घटना भएको हो ।

छोराको अन्त्येष्टि गरी घर फर्कंदै गर्दा त्रिशुलीमा बिलाइन् जुनकिरी

घटनामा ज्यान गुमाएकी ७० वर्षीया जुनकिरी पशुपति आर्यघाटमा छोराको अन्त्येष्टि गरी घर फर्कंदै थिइन् ।

गोरखा नगरपालिका-७ का ३९ वर्षीय शंकर रोकायाको शुक्रबार उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो। शंकर जुनकिरीको छोरा हुन् ।

छोराको निधन भएपछि उनी पनि काठमाडौं पुगेकी थिइन्। यता, घटनामा बेपत्ता रहेका दिवस भने शंकरका छोरा हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved