कर्णालीका मुख्यमन्त्री शर्माले बोलाए संसदीय दलको बैठक, राजीनामा दिने सम्भावना

नेपालभ्युज

कर्णालीका मुख्यमन्त्री शर्माले बोलाए संसदीय दलको बैठक, राजीनामा दिने सम्भावना

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले माओवादी केन्द्रको संसदीय दलको बैठक बोलाएका छन् ।

राजीनामा दिन चौतर्फी दबाब झेलिरहेका मुख्यमन्त्री एवं माओवादी केन्द्र संसदीय दलका नेता शर्माले बैठक बोलाएका हुन् ।

राजीनामा दिने कि प्रदेश सभामा विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउने भन्ने सन्दर्भमा निर्णय लिन शर्माले प्रदेशसभा चल्नु अघि संसदीय दलको बैठक बोलाएको माओवादीका एक नेताले जानकारी दिए ।

शर्माले विश्वासको मत लिएपछि सत्ता हस्तान्तरण गर्न तयार भए पनि एमालेले नमानेको कारण राजीनामा आउन सक्नेछ ।

यदि एमालेले विश्वासको मत दिएन भने संसदमा सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेसले सरकार बनाउनेछ ।

त्यसपछि संवैधानिक संकट आउने भएका कारणले संम्भवत मुख्यमन्त्री शर्माले राजीनामा दिने सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved