संसदमा विश्वप्रकाशले रवि लामिछानेलाई भने- ‘चोरको दाह्रीमा सिन्को’भन्दा दाह्री नछाम्नुहोस्

जीबी राई गृहमन्त्री लामिछानेकै सम्पर्कमा रहेको सूचना पाएको दाबी

अकबर र बिरबलको कथामा चोरको दाह्रीमा सिन्को भन्दा हत्तपत्त दाह्री छामेजस्तो गर्नुभयो प्रधानमन्त्रीदेखि अरूहरूले । यो किन गरे मलाई थाहा छैन । गृहमन्त्रीले पनि संयोग बस दाह्री पाल्नुभएको छ । दाह्री छाम्न हतार नगर्नुहोस् ।

नेपालभ्युज

संसदमा विश्वप्रकाशले रवि लामिछानेलाई भने- ‘चोरको दाह्रीमा सिन्को’भन्दा दाह्री नछाम्नुहोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिनका लागि संसदीय समिति गठनको अडान कायमै राखेको छ ।

बुधबार संसद् बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले छानबिनबाट पुष्टि नहुँदै प्रधानमन्त्रीदेखि सांसद्हरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्दाेष बनेकोमा आपत्ति जनाए ।

सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको संलग्नता रहेको दाबी गर्दै कांग्रेसले २४ फागुनदेखि नैतिकताका आधारमा राजीनामा माग गरिरहेको छ ।

त्यही अडान राख्दै महामन्त्री शर्माले भने, ‘‘प्रधानमन्त्रीले भन्नुभयो गृहमन्त्री निर्दाेष हुनुहुन्छ । अरू सांसद्ले पनि भन्नुभयो उहाँ निर्दोष हुनुहुन्छ । अकबर र बिरबलको कथामा चोरको दाह्रीमा सिन्को भन्दा हत्तपत्त दाह्री छामेजस्तो गर्नुभयो प्रधानमन्त्रीदेखि अरूहरूले । यो किन गरे मलाई थाहा छैन । गृहमन्त्रीले पनि संयोग बस दाह्री पाल्नुभएको छ । दाह्री छाम्न हतार नगर्नुहोस् । गृहमन्त्रीलाई निर्दोष साबित गर्न पाउने हक छ, त्यो दिउँ । यसको लागि संसदीय छानबिन समिति बनाऔँ ।’’

२४ फागुनमा कांग्रेसले गृहमन्त्रीमा लामिछानेको नियुक्ति स्वार्थको द्वन्द्व हुने, आरोप लागेका व्यक्ति मन्त्रीमा रहन नहुने भन्दै विगतमा संसद् अवरुद्ध भएको र प्रधानमन्त्रीले हटाएको स्थापित सिद्धान्त देखाउँदै प्रधानमन्त्रीको जवाफ मागेको थियो ।

६ चैतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरणमा लामिछाने कतै नजोडिएको भन्दै अनावश्यक उछालेर राजनीतिकरण गर्न नहुने जवाफ कांग्रेसलाई दिए पनि कांग्रेसले चित्त नबुझाएको हो ।

शर्माले सहकारी ठगी गरेर भागेर जीबी राई गृहमन्त्री लामिछानेकै सम्पर्कमा रहेको सूचना पाएको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved