भारतमा नेपालको लगातार दोस्रो जित, बरोडा २७ रनले पराजित

नेपालभ्युज

भारतमा नेपालको लगातार दोस्रो जित, बरोडा २७ रनले पराजित

काठमाडौं । भारतमा जारी एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार भएको दोस्रो खेलमा नेपालले बरोडालाई २७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडा निर्धारित ‌‌ओभरमा अलआउट हुँदै १२९ रन मात्र बनाउन सक्यो ।

बरोडाका लागि भानु पानियाले ३८, कप्तान विष्णु सोलांकीले ३२ तथा बाबा खानले २७ रनको योगदान गरे । अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।

नेपालका लागि करन केसीले ३, अविनाश बोहरा र सोमपाल कामीले २/२ विकेट तथा दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले १-१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले २५ बलमा अविजित ४० रन बनाए । सन्दीप जोराले १६ बलमा २९ रन बनाए।

अनिल साह २५, कप्तान रोहित कुमार पौडेल १८, गुल्शन झा १३, कुशल भूर्तेल ९, आसिफ शेख ९ रनमा आउट भए ।

बरोडाका लागि बाबा खानले २ तथा मोहित मोङ्गिया र परिक्षित पतिदारले १–१ विकेट लिए।

फ्रेन्डशिप कपमा नेपाल, बरोडा र गुजरातको सहभागिता छ। नेपालले गुजरातसँग बिहीबार २:३० बजे खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved