कर्णालीमा जुटेन सत्ता साझेदार दलबीच सहमति, प्रदेशसभा बैठक स्थगित

नेपालभ्युज

कर्णालीमा जुटेन सत्ता साझेदार दलबीच सहमति, प्रदेशसभा बैठक स्थगित

काठमाडौं । कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने विषयमा दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

मंगलबार बोलाइएको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने कार्यसूची रहेको थियो ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई पद छाड्न भने पनि उनले विश्वासको मत लिने अडान राखेका छन् ।

सत्ता गठबन्धन दलबीच कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्रीको पद पाउने सहमति भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved