दैनिक रक्सी पिउँदा के हुन्छ ? यस्तो छ अमेरिकामा गरिएको एक अध्ययनको निष्कर्ष

दिनमा एक पेगभन्दा बढी रक्सी पिउने महिलामा हृदयाघातको जोखिम ५१ प्रतिशतसम्म देखिएको र कहिलेकाहीँ अत्यधिक पिउने महिलामा यसको जोखिम ६८ प्रतिशतभन्दा बढी पाइएको छ ।

नेपालभ्युज

दैनिक रक्सी पिउँदा के हुन्छ ? यस्तो छ अमेरिकामा गरिएको एक अध्ययनको निष्कर्ष

काठमाडौं । दिनहुँ रक्सी पिउने युवा र मध्यम उमेरका महिलालाई मुटु रोगको जोखिम बढी हुने एक अध्ययनले देखाएको छ ।

अमेरिकामा हालै गरिएको मदिरा सेवनबारेको अध्ययनले मदिराको अत्यधिक सेवनले मुटुको समस्या बढाउने देखिएको हो । १८ देखि ६५ वर्ष उमेर समूहका कुल ४ लाख ३२ हजार जनालाई समावेश गरिएको उक्त अध्ययनले मुटुलाई स्वस्थ राख्न मदिराको सेवन सन्तुलित मात्रामा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

अध्ययनमा २ लाख ४३ हजार पुरुष थिए भने १ लाख ८९ हजार महिला थिए । अध्ययनका क्रममा दैनिक एक पेगभन्दा बढी मदिरा पिउने युवा र वयस्क उमेरका महिलामा मुटु रोगको जोखिम बढी हुने देखिएको छ।

अध्ययनमा समावेश गरिएका ४४ वर्ष वा सोभन्दा बढी उमेरका सहभागीहरुमा सुरुमा मुटु रोग नरहेको प्रतिवेदनमा उल्लेख छ । दिनमा एक पेगभन्दा बढी रक्सी पिउने महिलामा हृदयाघातको जोखिम ५१ प्रतिशतसम्म देखिएको र कहिलेकाहीँ अत्यधिक पिउने महिलामा यसको जोखिम ६८ प्रतिशतभन्दा बढी पाइएको छ ।

रेभेराट्रोल जस्ता एन्टिअक्सिडेन्टहरू हुने भएकोले थोरै मात्रामा रेड वाइन पिउँदा मुटुका लागि फाइदाजनक हुने भनाइमा खण्डन गर्दै अनुसन्धानका प्रमुख लेखक डा. जमाल एस राणाले केही अध्ययनहरूले यो मान्यतालाई चुनौती दिएको बताएका छन् ।

मदिराले रक्तचाप बढाउन सक्ने, शरीरमा मोटोपना अनि सुन्निनेजस्ता समस्याहरू निम्त्याउन सक्ने बताउँदै डा.राणाले यी दुवैले मुटुसम्बन्धी रोगको जोखिम बढाउने उल्लेख गरे ।

धेरै मदिरा पिउनाले रक्तचाप बढ्ने, मुटुको धड्कन अनियमित हुने, मुटुको मांसपेशी कमजोर हुने, कार्डियोमायोप्याथी जस्ता रोगहरू देखिने, मुटुसम्बन्धी अन्य रोगको जोखिम बढ्ने लगायतका समस्या देखिन सक्ने अध्ययनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved