प्रधानमन्त्रीको सन्देश लिएर कर्णाली गएका शाही छलफलमा व्यस्त

प्रधानमन्त्रीको सन्देश लिएर कर्णाली गएका शाही छलफलमा व्यस्त

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सन्देश लिएर कर्णाली गएका माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही छलफलमा व्यस्त छन् ।

यसअघि केन्द्रीय सत्ता गठबन्धनभित्र कर्णाली प्रदेशको नेतृत्व सत्ता साझेदार दल नेकपा (एमाले) लाई दिने सहमति भएको थियो । अहिले त्यहाँ माओवादी केन्द्रकै राजकुमार शर्मा (Rajkumar sharma) मुख्यमन्त्री छन् । यसपछि उनलाई राजीनामा गराएर एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको सन्देश लिएर पूर्वमुख्यमन्त्रीसमेत रहेका शाही कर्णाली पुगेका हुन् ।

तर, मुख्यमन्त्री शर्माले भने केन्द्रीय सत्ता गठबन्धनको निर्णय नमान्ने अडान राखेका छन् । केन्द्रीय निर्णय र निर्देशनअनुसार राजीनामा बुझाउनुको साटो उनले विश्वासको मत लिने बताएका छन् ।

यसपछि मङ्गलबार दिउँसो सुर्खेत झरेका शाही (Mahendra bahadur shahi) सिधै मुख्यमन्त्री शर्माको निवास पुगेका छन् । अहिले उनले मुख्यमन्त्री शर्मासहित अन्य माओवादी केन्द्रका नेताहरूसँग छलफल गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved