पेटको बोसो घटाउने तीन चीज

नेपालभ्युज

पेटको बोसो घटाउने तीन चीज

एजेन्सी । अहिलेको समयमा धेरैलाई पेट बढेर दिक्क बनाइरहेको हुन्छ । जो कोहीलाई पनि पेटको बोसो घटाउन मन लाग्छ । तर, कसरी सजिलै पेटको बोसो घटाउने भनेर सोंचिरहनु भएको छ भने आज हामी त्यस्तै केही उपाय बताउनेछौं ।

त्यस्ता तीन चीज छन् जसको सेवन गरेर पनि तपाईं आफ्नो पेटको बोसो कम गर्न सक्नुहुन्छ ।

त्रिफला पाउडरको सेवन गरेर तपाईंले पेटको बोसो घटाउन सक्नुहुन्छ । त्यसका लागि दैनिक रातमा एक गिलास पानी मनतातो बनाउनुहोस् । अब यसमा थोरै त्रिफला पाउडर मिसाएर पिउनुहोस् ।

त्रिफला पाउडर यसरी सेवन गर्नाले पेटको बोसो कम गर्न सहयोग हुन्छ । साथमा यसले तौल पनि कम हुन थाल्छ ।

एक गिलास मनतातो पानीमा कागतीको रस मिसाउनुहोस् । यसलाई दैनिक बिहान खाली पेट सेवन गर्नाले मेटाबोलिज्म बढ्छ जसले गर्दा तौल पनि कम हुन्छ ।

कागतीमा सिट्रिक एसिड हुन्छ जसले शरीरको बोसो कम गर्न सहयोग गर्छ ।

अदुवा  चियाको सेवनले पनि पेटको बोसो कम गर्न सकिन्छ । यो बनाउन एक गिलास पानीमा थोरै अदुवा राखेर उमाल्नुहोस् । उक्त पानी मनतातो भएपछि कागतीको रस र मह मिसाएर पिउनुहोस् ।

यसरी तपाईं अन्य चिया पिउनुको साटो अदुवा चिया  पिउन सक्नुहुन्छ । यसले पाचन प्रणाली राम्रो हुनुका साथै मेटाबोलिज्म पनि बढाउँछ । साथमा पेटको बोसो पनि कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved